भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

जान्नै पर्ने कुरा : यी कुरा बाट कोरोना सर्दैन

जान्नै पर्ने कुरा : यी कुरा बाट कोरोना सर्दैन image
  • २३ जेठ २०७७, शुक्रबार
  • कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाद्यान्नबाट सर्दैन ।
  • संक्रमितसँग ५-१० मिनेट कुरा गर्दा सर्दैन ।
  • घरबाहिर जाँदा सबैले अनिबार्य रुपमा मास्क लगाउने हो भने कोरोना संक्रमण सर्ने प्रक्रिया ६५ प्रतिशत घट्छ। केही भाइरस मास्कबाट छिर्दैमा संक्रमण गराउन सक्ने भाइरल लोड पुग्दैन ।
  • एन-९५ मास्क लगायत महँगो मास्क प्रयोग गर्नु जरुरी हुँदैन । सामान्य सर्जिकल मास्क तथा २ पत्रे कटनको मास्कलाई घाममा राखेर वा धोएर पनि प्रयोग गर्न सकिन्छ । अमेरिका लगायत विकसित देशमा पनि यो प्रचलन कायम छ ।
  • आफ्नो पावरको वा पावर आवश्यक नभए सस्तो ब्राण्डको चस्मा लगाउनु सुरक्षित हुन्छ । त्यस्तै डिस्पोजेबल वा धुन मिल्ने पंजा लगाउँदा पनि सुरक्षित भइन्छ ।
  • संक्रमित व्यक्तिले संक्रमण भएको ११ दिनपछि टेस्टमा पोजिटिभ देखिएपनि सामान्यतया अरुलाई रोग सर्दैन ।
  • घर, कार्यालय तथा अन्य कार्यस्थलमा पर्याप्त उज्यालो र हावा छिर्ने बातावरण भएमा कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ ।
  • लामखुट्टे, झिंगा आदिबाट कोरोना संक्रमण सर्दैन ।
  • जेष्ठ नागरिक तथा अनियन्त्रित दीर्घरोगभएका व्यक्ति बाहेक अरुलाई कोरोना संक्रमण भएपनि डराउनु पर्दैन । २ हप्ता घरमै आराम गर्ने, पोषिलो खाना खाने, हल्का व्यायाम गर्ने तथा तनाव व्यवस्थापन गर्ने हो भने ९० प्रतिशत संक्रमितलाई आफैँ निको हुन्छ ।
  • रुघाखोकी लाग्दा कोरोना संक्रमण भयो कि भनेर डराउनु पर्दैन ।
  • नेपालमा देखिएको कोरोना संक्रमण ८५ प्रतिशत भारतबाट आएकोमा देखिएको छ । त्यो समूहलाई सीमामा होल्डिंग गरेर क्वारेन्टाइन, स्याहार, परिक्षण, संक्रमितलाई आइसोलेसन र संक्रमण नभएकालाई आफ्नो थातथलोमा पठाउने हो भने डरलाग्दो अवस्था आउँदैन ।
  • नेपालमा सबैभन्दा सुरक्षित ठाउँ पहाडी तथा हिमाली जिल्लाका गाउँ हुन् ।
  • गुर्जो, तुलसी, बेसार, ज्वानो, अदुवा, अश्वगन्धा, मरिच, चिराइतो, नीम, अमला लगायतका जडिबुटीले रोगसँग लड्ने क्षमता बढाउँछन् । कोरोना संक्रमणको उपचारमा यी जडिबुटीको सफल भूमिका धेरै देशमा देखिएको छ ।
  • नेपालमा भएका अधिकांश मृत्यु कोरोनाले मात्र भएको हैन । परीक्षणमा कोरोना पनि देखिएको हो ।
  • नेपालमा हालसम्म सक्रमितमध्ये ९ प्रतिशत जोखिम वर्गमा पर्दैनन् । तसर्थ मृत्युदर हामीले सोंचेभन्दा कम हुन्छ ।
  • कोरोना अन्तराष्ट्रिय ब्राण्ड भएकोले ठूलो प्रचारमा आएको हो । प्रचारमा आए अनुसार यो घातक छैन । विश्वभर यो ५ महिनामा भएको मृत्युलाई अघिल्लो वर्षको यहि समयमा भएको मृत्युलाई तुलना गर्ने हो भने त्यति ठूलो फरक छैन ।
  • मन भनेको शरीरको ड्राइभर हो । मन बलियो भयो भने हामी दुर्घटनामा पर्दैनौं । मन कमजोर भयो भने टल्किने गाडी भएपनि तथा सुन्दर सडक भएपनि दुर्घटना हुन्छ । रोगसँग लड्न सक्छु भन्ने आत्मबल हामी सबैको हुनु जरुरी छ ।
  • हामी आत्मा अनुशाशनमा बस्यौं भने, उच्च मनोबल राख्यौं भने तथा सकारात्मक सोंच राख्यौं भने संक्रमण भएपनि हामीलाई खतरा हुँदैन ।
  • अन्य देश र हाम्रो देशको धरातलीय यथार्थता फरक छ, खानपान फरक छ, जीवनशैली फरक छ, जनघनत्व फरक छ । तसर्थ अन्य देशको अवस्था हेरेर डर मान्नु पर्दैन ।
  • रोजगारी, लगानी लगायत व्यवसायको कारण धेरै व्यक्तिमा चिन्ता देखिएको छ । कोरोना संक्रमणको जगजगी लामो समय रहँदैन । त्यसपछि हाम्रो मेहिनेतले जीवन अझै राम्रो हुनेछ ।
  • हामीले आफूलाई समय अनुसार परिवर्तन गर्नुपर्दछ, हाम्रा व्यवसाय परिवर्तन गर्नुपर्दछ । घाटा लाग्ने अवस्थामा कम घाटा खाने योजना बनाउनु पर्दछ । महामारीमा जीवनयापन गर्नको लागि हामीसँग धेरै विकल्प छन्, त्यसलाई चिन्न सक्नु पर्दछ ।
  • परिक्षणको दायरा बढेसँगै संक्रमितको पहिचान हुनेछ। संक्रमितको पहिचान हुनु, संक्रमितलाई स्वस्थ व्यक्तिसँग मिसिन नदिनु सकारात्मक विषय हो । यसले रोग नियन्त्रणमा ठूलो सहयोग गर्दछ ।
  • मन, प्रकृति र चेतनालाई ध्यानमार्फत एकाकार गरेर मनलाई शान्त गराउने, स्वासप्रश्वासको अभ्यास गर्ने, मनोरन्जन गर्ने, खाली दिमाग नबस्ने, व्यायाम गर्ने, राति ८ घण्टा सुत्ने र सत्यको बाटोमा हिँड्ने गर्यौं भने जीवन सुखमय हुन्छ ।
  • डा. रविन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ
Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.