भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

विदेशबाट नेपालीको उद्धार सुरू : म्यानमारबाट २६ जना लिएर आयो जहाज, यूएईबाट आउने अझै अन्यौलमा

विदेशबाट नेपालीको उद्धार सुरू : म्यानमारबाट २६ जना लिएर आयो जहाज, यूएईबाट आउने अझै अन्यौलमा

२३ जेठ २०७७ शुक्रबार काठमाडौं । कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारो परेका नेपालीको उद्धार कार्य सुरू भएको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली लिएर जहाज काठमाडौं आएको छ ।

म्यानमार सेनाको विमानबाट आएका उनीहरुलाई नेपाली सेनाले तयार पारेको वसुन्धारास्थित होल्डिङ सेन्टरमा राखिएको छ । सैनिक स्रोतका अनुसार, उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको हो ।

प्रदेश नं ३, ४ र ५ घर भएकालाई मात्र काठमाडौंमा राख्ने भनिए पनि म्यानमारबाट आएकाको संख्या थोरै भएकाले सबैलाई त्यहि राखिएको स्रोतले बताएको छ । होल्डिङ सेन्टरमा एक रात बस्नुपर्ने उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ ।

सबैको पीसीआर रिपोर्ट नेगेटिभ रहेकाले छिट्टै सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने तयारी गरिएको छ । विदेशबाट उद्धार गरिएकालाई नेपाल टेलिकमले निःशुल्क सीम कार्ड वितरण गरेको छ । यसैबीच सरकारले युएईबाट पनि १६८ जनालाई ल्याउने तयारी थालेको छ तर युएईको उडान भने ढिला हुने भएकाले कति बेला नेपाल आइपुग्ने टुंगो नभएको निगमले जनाएको छ ।

विदेशबाट दैनिक २९ सय जनासम्म ल्याउने गरि तयारी पूरा भएपछि सरकारले शुक्रबारदेखि उद्धार सुरू गरेको हो । यस्तै यूएईमा अलपत्र परेका १५७ जना नेपाल आउने अन्तिम तयारीमा पुगेका छन् । उनीहरुले बोर्डिङ लिएर उडानका लागि युएईको शारजहा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिएर बसेका छन् ।

युएईबाट साढे ३ भित्रमा विमान नेपाल आइपुग्ने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका बताए । यूएईबाट नेपाली लिएर आउने विमान बिहान साढे ११ बजे आउने भनिएको भएपनि यूएईका अधिकारीहरूले उडानसँग सम्बन्धित केही विषय अझै प्रस्ट हुन बाँकी रहेको बताएपछि उडान अन्यौलमा परेको छ ।

दूतावासले थप सहजिकरण गरी अलपत्र नेपालीलाई ल्याउने अन्तिम तयारी गरेको छ । एयर अरेबियाको जहाजले ट्रान्सगार्ड सेक्युरेटिका ७९ र इजाजा कम्पनीका ६७ जना र अन्य ११ जना नेपाली नागरिक लिएर आउनेछ भने उनीहरु कम्पनी र आफ्नै खर्चमा नेपाल फर्किन लागेका स्रोतले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.