भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

जुम्लामा लम्पी स्कीन रोगले तीन सय ६५ पशु मरे

जुम्लामा लम्पी स्कीन रोगले तीन सय ६५ पशु मरे

काठमाण्डौ । जुम्लाका आठवटै पालिकामा फैलिएको लम्पी स्किन रोगले यहाँका तीन सय ६५ पशुचौपाया मरेका छन् । पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण तीन सय बढी पशुहरु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाले जानकारी दिनुभयो ।

जिल्लाकापालिकामा करिब पाँच सय गाईभैँसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । एक हजार सात सय पशुलाई उपचार गरिएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ । अहिले कार्यालयमा प्रदेशबाट थप औषधि आएकाले पालिकालाई लिन परिपत्र गरिएको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ । सङ्क्रमणबाट पशुहरु धमाधम बिरामी हुन थालेको तिला गाउँपालिका–१ स्थानीयवासी नौसेर रावतले जानकारी दिनुभयो । जुम्लालगायत कर्णालीमा लम्पी स्किनबाट आठ हजार सात सय ९३ पशुचौपायाको मृत्यु भएको छ । दुई लाख १७ हजार एक सय ३४ पशुचौपाया रोगबाट सङ्क्रमित भएको कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

लम्पी स्किनबाट विशेष गरी दैलेख, जाजरकोट, जुम्ला, हुम्लालगायत जिल्ला बढी प्रभावित छन् । पशुचौपायाको सङ्क्रमण र मृत्युबाट कर्णालीमा १७ करोड ५३ लाख ७६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रदेशको पशुपक्षी विकास निर्देशनालयका प्रमुख कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.