भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

झापाका केरा किसानलाई युथ एग्री अवार्ड

झापाका केरा किसानलाई युथ एग्री अवार्ड

झापा, । झापा गाउँपालिकाका केरा किसान चन्द्रप्रसाद बस्नेत युथ एग्री अवार्ड २०७९ बाट सम्मानति हुनुभएको छ । उहाँ नगद रु एक लाखसहित प्रदेश नं १ कै उत्कृष्ट कृषकका रूपमा साना किसान लघुवित्त वित्तीय संस्था र नेपालस्थित इजरायली राजदूताबासबाट संयुक्तरूपमा सम्मानित हुनुभएको हो । इजरालबाट फर्केर व्यावसायिक कृषि उद्यमी बनेका उहाँसगै बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट किसान सम्मानित हुनुभएको छ ।

इजरायलबाट फर्किएपछि बस्नेतले विसं २०७६ मा एग्री सेन्टर झापा नामको कम्पनी दर्ता गरेर केरा खेतीको सुरुआत गर्नुभएको थियो । उहाँले हाल २५ बिघा जमिनमा चिनी चम्पा, विलीअम हाइब्रिड, मालभोग, जी नाइन र रातो केराको खेती गर्दै आएको बताउनुभयो । “पुरस्कार पाइन्छ भनेर काम गरेको थिइनँ”, उहाँले भन्नुभयो, “आफू पनि स्थानीय क्षेत्रमै व्यवसायी बन्ने र अरुलाई पनि रोजगार दिने उद्देश्यले केराखेती गरेको आज पुरस्कृत भएँ, खुसीको सीमा छैन ।”

 


Thali Mobile Pvt.Ltd.