एजेन्सी । टर्कीका वर्तमान राष्ट्रपति रिसेप तैयप एर्डोगान ५२ प्रतिशत मत प्राप्त गरि राष्ट्रपति चुनावमा विजयी भएका छन् । दुई हप्ता अघि मे १४ तारिखमा भएको पहिलो चरणको मतदानमा वर्तमान राष्ट्रपति एर्डोगान र उनका प्रतिस्पर्धी किलिच्दारोग्लु दुवैले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान भएको थियो ।
प्रतिद्वन्द्वी केमल किलिच्दारोग्लु पराजित भए भने एर्डोगानले ५२ दशमलव १६ प्रतिशत मत प्राप्त गरेका थिए । जित पछि उनले आफूलाई विश्वास गरेर मतदान गर्ने नागरिकलाई आभार व्यक्त समेत गरे । आफ्नो जित समग्र टर्कीका नागरिकको जित भएको पनि बताए ।
उनका समर्थक र शुभचिन्तकले जितपछि उत्सव मनाउन थालेका छन् । टर्कीमा राष्ट्रपति चुनिन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । २० वर्षसम्म सत्तामा रहेका एर्डोगान फेरि ५ वर्षका लागि राष्ट्रपतिमा चयन भएका हुन ।
