भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदै

टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदै

पोखरा । टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । पोखरा रंगशालामा अपरान्ह २ बजे हुने पुरुषतर्फको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच कडा प्रतिस्पर्धा हुनेछ । दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । खेल रोमान्चक तथा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । लिग चरणमा गण्डकीले आर्मीलाई ३-१ ले हराएको थियो भने गण्डकी उक्त जितलाई निरन्तरता दिन चाहन्छ ।

आर्मीले भने गण्डकीसँग लिग चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ । महिलातर्फको फाइनलमा दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल अपरान्ह १२ बजे सुरु हुनेछ । उपाधिका लागि कोर्ट उत्रदा दुबै जित निकाल्ने योजनामा हुनेछन् । लिग चरणको भेटमा पुलिस विजयी भएको थियो ।

पुलिस त्यस जितलाई कायम राख्दै च्याम्पियन बन्न चाहन्छ । तर, एपीएफ लिग चरणको हारको बदला लिने सोचमा हुनेछ । टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउने छन् । यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।

यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.