भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

टिपर सञ्चालनमा रोक

टिपर सञ्चालनमा रोक

काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार बसेको सरोकारवालाको बैठकले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

आज बिहान ५ बजेदेखि कात्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । जिल्ला समन्वय समितिका पदाधिकारी तथा बागमती टिपर व्यवसायी सङ्घ र अन्य यातायात व्यवसायीसमेतको उपस्थितिमा भएको छलफलमा

चाडपर्वको समयमा सवारीसाधनको बाक्लो आवतजावत हुने, ट्राफिक व्यवस्थापन गर्न जटिल हुने भएकाले काभ्रेपलाञ्चोकभित्र र जिल्लाभित्रका दुई राजमार्ग अरनिको र वीपीमा टिपर सञ्चालन गर्न रोक लगाउने निर्णय भएको हो । दुर्घटना बढेपछि एक वर्षदेखि टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.