भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

ठूला दललाई चुनौती दिदै चितवनबाट भारी मत सहित रविको जित

ठूला दललाई चुनौती दिदै चितवनबाट भारी मत सहित रविको जित

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी भएसंगै मतदातामा उत्साह र राजनैतिक दलमा तरंग आएको छ । वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गरी दोस्रो पटक विजयी हासिल गरेका हुन ।

उनले ४२ हजार ९ सय ६२ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछारेका छन् । जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मतमा चित्त बुझाउनु प¥यो । त्यस्तै, एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत ल्याए ।

कांग्रेस, एमाले र माओवादी केन्द्रलाई नसच्चिए सक्काइदिने चेतावनीपूर्ण आक्रोष चितवन– २ को उपनिर्वाचनले देखाइदिएको छ । गठबन्धनका साझा उम्मेदवार जीतनारायण श्रेष्ठले मंगलबार चितवनको अन्तिम नतिजा सार्वजनिक हुँदै गर्दा सञ्चारकर्मीलाई सच्चिने प्रतिक्रिया दिए ।

उपनिर्वाचनको सन्देशलाई बुझेर ७० वर्षे राजनीतिक इतिहास बोकेका पुराना राजनीतिक दल कित सच्चिन तयार हुनु प¥यो कि त सक्किन तयार हुनुप¥यो भनेर मतदाताले भनिरहेका छन् । आफ्नो कार्यशैलीलाई जनताले ‘रिजेक्ट’ गर्न चाहेको उनको तर्क छ ।

गत मंसिरमा चितवन– २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार ३ सय मतसहित निर्वाचित भएका थिए । त्यो बेला रविका निकटतम प्रतिस्पर्धी उमेश श्रेष्ठ १४ हजार ९८८ मतसहित दोस्रो स्थानमा थिए । नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल १४ हजार ६ सय ५२ मतसहित तेस्रो स्थानमा थिए ।

नागरिकता काण्डसँगै रविको सांंसद् लगायत पद गएपछि भएको उपनिर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारको मत तुलनात्मकरुपमा घटेको छ । त्यतिबेला रविले ४९ हजार ३०० मत पाउँदा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत पाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.