भक्तपुर । के तपाई ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ पाण्डोबजारमा पुग्नु भएको छ ? छैन् भने पुग्नुहोस् एक पटक हालै मात्र सूर्यविनायक नगरपालिका वडा –६ पाण्डोबजारमा अहिलेसम्मकै ठूलो ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ । जिआरएस कम्पनीले पाण्डोबजारस्थित बिभूति घरमा ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ सोमाबारेदेखि सञ्चालनमा ल्याएको हो ।
‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ को युवा व्यवसायी एवं जिआरएस कम्पनीका अध्यक्ष गोकूल वनले उद्घाटन गरेका हुन । काठमाडौंँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा गरि १२ सहरको मुख्य बजारमा डिपार्टमेन्टल स्टोरको शाखा बिस्तार गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष वनले जानकारी दिए । उनले भने “भक्तपुरबाट हामीले डिपार्टमेन्टल स्टोर सञ्चालन सुरु गरेका छाँै, कूल १२ करोडको लागतमा १२ ठाउँमा यसको शाखा बिस्तार गरेर उपभोक्तालाई सहज र सुलभ सेवा दिने हाम्रो उदेश्य हो ।”
कम्पनीका अर्का सञ्चालन राजु सुवालले उपभोक्तालाई दैनिक उपभोग्य सामानहरु एकै ठाउँमा सस्तो, सुलभ र सहज रुपमा उपलब्ध गराउने उदेश्यले डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको बताए । उनले उपत्यकाका बिभिन्न ठाउँमा शाखा खोलेर आम उपभोक्तालाई सेवा दिने लक्ष्य रहेकाले ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ आम उपभोक्ताको मनमनमा बस्ने गरि सेवा दिने जानकारी दिए । युवा व्यवसायीद्धय गोकूल वन र राजु सुवालको एक करोडको संयुक्त लगानीमा सञ्चालनमा आएको स्टोरले फागुन महिनाभरि उपभोक्तालाई प्रत्येक सामानमा ५ देखि १५ प्रतिशतसम्म छुट दिने कम्पनीले जनाएको छ ।
