भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

भक्तपुर नगरपालिकाद्वारा लेखा समितिको प्रतिवेदन २०७८ पारित

भक्तपुर नगरपालिकाद्वारा लेखा समितिको प्रतिवेदन २०७८ पारित

भक्तपुर । भक्तपुर नगरपालिकाकाको एघारौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । सोमबार बसेको नगरपालिकाको एघारौं नगरसभाको बैठकले उक्त प्रतिवेदन पारित गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिले नगरसभाको हिउँदे अधिवेशनले ऐन, नियम, कार्यविधि तथा विधेयक पास गर्ने बताउदै बेरुजु फर्छोटको निम्ति भक्तपुर नपा नियमसंगत ढंगले अगाडि बढिरहेको जनकारी दिए ।

लेखा परीक्षण समयमै नगरिँदा स्थानीय तहहरुको बद्नाम भइरहेको उनले तर्क गरे । लेखा समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सभासद्हरु राजेन्द्र माक, शिवप्रसाद बाला र कृष्णगोपाल चौगुठीले प्रतिवेदनमा भएका भाषागत त्रुटी सच्याउनुपर्ने, पेश्की खर्च र बेरुजु समयमै फछ्र्योट गर्नुपर्ने धारणा बताएका थिए । छलफलमा उठेका विषयमाथि प्रष्ट पार्दै लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाले बेरुजु भएको रकमसम्बन्धमा जानकारी दिदै लगत इस्टिमेट भन्दा फरक भएमा प्राविधिकहरुबाट परीक्षण गराउनुपर्ने, पेश्की खर्च समयमै फछ्र्योट गर्नुपर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.