भर्खरै : Sorry, your browser does not support inline SVG.
२५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन | घरजग्गा बजारमा सुधारको संकेत : कारोबार र राजस्वमा उछाल, काठमाडौं अग्रस्थानमा |

ताजाकोट गाउँपालिका हुम्लाले अखाद्य वस्तु नष्ट गर्यो

ताजाकोट गाउँपालिका हुम्लाले अखाद्य वस्तु नष्ट गर्यो

हुम्ला । दशै तिहार नजिकिएसँग हुम्लामा बजार अनुगमन तीब्र पारिएको छ । ताजाँकोट गाउँपालिकाले छप्रेला बजारबाट गुणस्तरहीन वस्तु जफत गरि नष्ट गरेको जुम्ला प्रशासनले जनाएको छ ।

वाणिाज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको परिपत्र अनुसार बजार अनुगमन गरेको ताजाँकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनराज ढकालले बताए । कार्यबाहक अध्यक्ष अजबिर खत्री छप्रेला प्रहरी चौकीका इन्चार्ज चन्दसिह भण्डारी लगाउत संयुक्त बजार अनुगमन गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए ।

गुणस्तरहीन पियपर्दथ फेन्टा, फुटी, चिउरा भुजा, मसला, बिस्कुट, चिया, सुर्ति लगायत ८०÷८५ हजार बराबरको गुणस्तरहीन वस्तु नष्ठ गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालको भनाई छ । छपेला बजारपछि बाजुरा र हुम्लाको सिमाना रहेको कवाडी बजारमा समेत अनुगमन गर्न लागेको गाउँपालिकाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.