भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

ताजा जनादेशका लागि पाकिस्तानमा संसद विघटन

ताजा जनादेशका लागि पाकिस्तानमा संसद विघटन

एजेन्सी । पाकिस्तानमा संसद विघटन भएको छ । ताजा जनादेशका लागि पाकिस्तानमा संसद विघटन भएको छ । प्रधानमन्त्री शहबाज सर्रिफको सल्लाहमा राष्ट्रपति आरिफ अल्भीले त्यहाँको संसद राष्ट्रियसभा भंग गरेका हुन् ।

यही अगष्ट १२ तारिखमा पाँच वर्षे कार्यकाल पूरा हुने संसद बुधबार राती विघटन गरिएको हो । अबको ३ दिनभित्र कार्यवाहक प्रधानमन्त्रीको चयन गर्नुपर्ने छ । कार्यबाहक प्रधानमन्त्री चयनका लागि विघटित संसदमा विपक्षी दलका नेता रहेका राजा रियाजले प्रधानमन्त्री सरिफसँग बिहीबार भेटवार्ता गरेका छन ।

कार्यबाहक प्रधानमन्त्रीले ९० दिनभित्र आमनिर्वाचन गराउनु पर्ने छ । संसद विघटनसँगै प्रधानमन्त्री सर्रिफ नेतृत्वको मन्त्रिपरिषद् पनि विघटन भएको छ । निर्वाचन गराउनका लागि कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म सर्रिफ नै काम चलाउन सरकारको प्रधानमन्त्री रहने छन् ।

 


Thali Mobile Pvt.Ltd.