भर्खरै : Sorry, your browser does not support inline SVG.
फेवातालमा डुबेर १९ वर्षीय युवकको मृत्यु | सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती | लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो लहर जारी, पहाडी क्षेत्रमा वर्षाको सम्भावना | काठमाडौँसहित ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, साढे पाँच लाखभन्दा बढी पन्छी नष्ट | रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक |

तिलागुफामा पुग्यो डाक्टरको टोली, अज्ञात रोगको उपचार शुरु

तिलागुफामा पुग्यो डाक्टरको टोली, अज्ञात रोगको उपचार शुरु

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१० को रुडु र रानावाडा गाउँमा थाहा नभएको रोग फैलिएको छ । उक्त गाउँमा थाहा नभएको रोग फैलिएपछि तिलागुफा नगर अस्पताल र जिल्ला अस्पताल कालीकोटबाट डाक्टरको टोली पुगिसकको र उपचार थालि सकको छ ।

ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण रहेको केही नमूना सङ्कलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाइएको जनाएको छ । प्रयोगशालाको परिक्षणपछि मात्रै कुन रोग हो भन्ने यकीन हुने डाक्टरका टोलीले जनाएको छ । गाउँमा फैलिएको रोगको यकिन गर्न परीक्षणमा आएकामध्ये ९ जना बिरामीको रगतको नमूना संकलन गरेर सुर्खेत पठाइने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

खटिएको डाक्टरको टोलीले बिरामीको नमूना संकलनसँगै उपचार थालेको र शुक्रबार ३ सय ११ जना बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ भने स्वास्थ्य जाँच शिविर शनिबार पनि चल्नेछ । एक हप्तादेखि फैलिएको रोगबाट १३ वर्षीया कर्मा थापाको ज्यान गएको थियो । गाउँभरि बिरामी छन् । बिरामी हुनेमा महिला र बालबालिका धेरै छन् । बिरामीको स्वास्थ्य जाँच र उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.