भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

तीन–चार महिना सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको आग्रह

तीन–चार महिना सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको आग्रह

काठमाण्डौ । चट्याङ लागेर एक महिनाको अवधिमा ५ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेदेखि ३० गते सम्ममा चट्याङका ४४ वटा घटना भएको र उक्त घटनामा ५ जनाको मृत्यु, ४३ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मंगलबार पहाडी जिल्लामा दिउँसो पछि हुरीबतास र मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद्ले बताएका छन् । प्रि–मनसुनमा दिउँसो पछि मेघगर्जन र चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहेको जनाएको छ । चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

चट्याङ लागेर घाइते हुनेको सङ्ख्या अझै बढ्न सक्ने र तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.