तीन दिन हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

तीन दिन हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं । उच्च पहाडी तथा हिमाली भागका एक, दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जनाएको हो । देशभर चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आगामी तीन दिन मौसम विश्लेषण गर्दै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको हो । अहिले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पनि मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.