भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यूईएफए च्याम्पियन्स लिगः युभेन्ट्स ४–० गोलले पराजित

यूईएफए च्याम्पियन्स लिगः युभेन्ट्स ४–० गोलले पराजित

काठमाण्डौं । यूईएफए च्याम्पियन्स लिग समूह चरणको खेलमा चेल्सीले युभेन्ट्सलाई ४–० ले हराएको छ । चेल्सीको जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले गोल गरे ।

गएराति भएको खेलमा घरेलु टोली चेल्सीले खेलको २५औं मिनेटमा चालोवाहको गोलबाट अग्रता बनाएको थियो । ५५औं मिनेटमा रिस जेम्सले गोल थपेर अग्रता दोब्बर पारे । खेलको ५८औं मिनेटमा ओडोइले एक गोल थपेका थिए ।

खेलको इन्ज्युरी समयमा वेर्नरले गोल गरेपछि चेल्सीले ४–० को फराकिलो जित निकाल्न सफल भएको हो । चेल्सी समूह ‘एच’ मा शीर्षस्थानमा उक्लिएको छ भने समान पाँच खेलमा दुवै टोलीको समान १२ अंक भएपनि गोल अन्तरका आधारमा युभेन्ट्स दोस्रो स्थानमा छ ।

दुवै टोली यो समूहबाट नकआउट चरणमा पुगेका छन् । यही समूहको अर्को खेलमा माल्मो र जेनिथले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

 


Thali Mobile Pvt.Ltd.