भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तीन लाख बराबरको स्वास्थ्य तथा राहत सामग्री वितरण

तीन लाख बराबरको स्वास्थ्य तथा राहत सामग्री वितरण

ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका–२ घर भई हाल राजधानी काठमाडौँ बसोबास गर्दै आएका युवाहरुले सहयोग सङ्कलन गरी गाउँमा राहत तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् । सामाजिक कार्यमा संलग्न युवाहरुले सामाजिक सञ्जालमार्फत सहयोग रकम सङ्कलन गरी रु तीन लाख बराबरको स्वास्थ्य तथा राहत सामग्री गाउँमा ल्याई हिजो र आज वितरण गरेका हुन् । उनीहरुले १०० बोरा चामल, १०३ प्याकेट नुन, १०० प्याकेट खाने तेल, तीन सेट अक्सिजनसहित सिलिण्डर, सात हजार प्रतिमास्क, स्यानिटाइजर, डिजिटल थर्मोमिटर, अक्सिमिटरलगायत सामग्री गाउँको स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय र स्थानीय घरघरमा वितरण गरेको रामपुर युवा सञ्जालका अर्जुन दाहालले बताए।

अक्सिजनसहितको सिलिण्डर सेट रामपुरको स्वास्थ्य चौकीलाई प्रदान गरिने भन्दै अर्का युवा विक्रम दाहालले कोरोना महामारीको समयमा गाउँमा राहत तथा स्वास्थ्य सामग्री वितरण गर्नका लागि राजनीतिक नेता, कार्यकर्ता, समाजसेवी, शिक्षक र युवाहरुले सहयोग गरेको बताउनुभयो । चामल, नुन, तेल भने विपन्न परिवारलाई प्रदान गरिएको छ । स्थानीयवासी इन्द्र कार्कीले कोरोना महामारीले सबै काम ठप्प भएका बेला युवाहरुको सक्रियतामा सहयोग सङ्कलन गरी गाउँमा वितरण गरेकामा उनीहरुलाई धन्यवाद दिनुभयो । ओखलढुङ्गा जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ८७ र मृतकको सङ्ख्या आठ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.