भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

तुलसीपुरमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा

तुलसीपुरमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा

दाङ । तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी र एमालेका टीकाराम खड्का झिनो मतअन्तरले अगाडि–पछाडि छन् ।

पछिल्लो परिणाम अनुसार एमालेका खड्का ७१ मत अन्तरले अगाडि छन् । २५ हजार ६८३ मत गणना हुँदा एमालेका खड्काले १० हजार ६०५ मत र नेपाली कांग्रेसका गिरीले १० हजार ५३४ मत ल्याएका छन् ।

यसअघि कांग्रेसका गिरी अगाडि थिए । उपमेयरमा भने एमालेकी स्यानी चौधरी गठबन्धनका उम्मेदवारभन्दा फराकिलो मतले अगाडि छिन् । उनले आफ्नो सुरुवाती अग्रतालाई कायम राख्दै मतान्तर बढाउँदै गएकी छन् ।

चौधरीले ९ हजार ९१७ मत ल्याएकी छन् । प्रतिस्पर्धी एकीकृत समाजवादीका जोगबहादुर रानाले ८ हजार ९९ मत ल्याएका छन् ।

 


Thali Mobile Pvt.Ltd.