हुम्ला । मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ ।
बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको तुवाँलोका कारण नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ ।
तुवाँलोले जिल्लाभर छोपेकाले आज पनि उडानको सम्भावना कम रहेको र उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ । जिल्लाको एक मात्रै अन्तर जिल्ला जोड्ने हवाई सेवा प्रभावित हुँदा निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या भएको छ ।
