काठमाण्डौ । इगा स्वाइन्टेकले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । विश्व नम्बर एक खेलाडी इगा स्वाइन्टेक यसअघि २०२० र २०२२ मा पनि फ्रेन्च ओपन जित्न सफल भएकी थिइन् । पुरुषतर्फको उपाधिकालागि आइतबार सर्बियाका नोभाक जोकोभिक र नर्वेका क्यास्पर रुडबीच प्रतिस्पर्धा हुँदैछ ।
शनिबार भएको फाइनल खेलमा पोल्याण्डकी इगाले चेक गणतन्त्रकी क्यारोलिना मुचोभालाई पराजित गरेकी हुन् । इगाले तीन सेटको फाइनल खेल ६–२, ५–७ र ६–४ ले जितिन् ।
