भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

त्रिभुवन आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी

त्रिभुवन आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको यु–२३ टोलीबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोलीले निर्धारित समयमा गोल गर्न सकेनन् । त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न नेपाल आएको किर्गिस्तानको यु–२३ टोलीले आर्मी क्लबसित मैत्रीपूर्ण खेल खेलेको हो ।

दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । दुवै टोलीले गोल गर्ने मौका पाए पनि सफल भने हुन सकेनन् । खेलको पहिलो मिनेटमा नै आर्मीका नवयुग श्रेष्ठले गोलपोष्टमा हानेको बल किर्गिस्तानका गोलकिपर प्रिएदकिन अर्तेमले रोक्नुभयो । यस्तै खेलको २६औँ मिनेटमा किर्गिस्तानका तर्फबाट अभिलोभ अर्नाजले गोल गर्ने उत्कृष्ट मौका गुमाउनुभयो । मध्यान्तरअघिको खेल सकिनै लाग्दा आर्मीका विवेक बस्नेतले गोल गर्ने प्रयास गर्नुभएको तर उहाँ गोल गर्नबाट चुक्नुभयो ।

यसैगरी खेलको ७३औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठ गोल गर्नबाट वञ्चित हुनुभयो । यस्तै किर्गिस्तानले खेलको ८६औँ मिनेटमा गोल गर्ने मौका पाएको थियो । उक्त प्रयास पनि असफल भयो । मध्यान्तरपछिको खेलमा पनि दुवै टोलीबाट गोलका प्रयास भएका थिए । किर्गिस्तान त्रिदेशीय प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोलअन्तरले पराजित भएको थियो । आफ्नै खेलाडीले आत्मघाती गोल गरेपछि किर्गिस्तान पराजित हुन पुगेको हो । नेपालले किर्गिस्तान र बंगलादेशसित गोलरहित बराबरी खेलेको थियो । नेपालले अब सोमबार बंगलादेशसँग दशरथ रंगशालामा फाइनल खेल खेल्ने छ । उक्त खेल साँझ ५ बजेर ३० मिनेटमा शुरु हुने आयोजक अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.