भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

थप उपचारका लागि मैनालीलाई ग्राण्डी लगियो

थप उपचारका लागि मैनालीलाई ग्राण्डी लगियो

काठमाडौं । सवारी दुर्घटनामा घाइते भएका माले महासचिव सीपी मैनालीसहित सबै घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुलाई आज अपरान्ह काठमाडौँ ल्याईएको हो ।

दुर्घटनामा घाइते भएका उनीहरुको महोत्तरीस्थित जनसेवा अस्पतालमा उपचार भएको र थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले बताए ।

बिहीबार बर्दिबासस्थित रातुको पुलमा दुर्घटना भएको हो । मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको थियो ।

मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ भने बुहारीको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । अहिले उनीहरुको काठमाडौं धापासीस्थित ग्राण्डी अस्पतालमा थप उपचार भइरहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.