भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी

‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ, ११ कात्तिक । बंगालको खाडीमा विकसित ‘अर्णव’ नामक चक्रवातको प्रभाव बुधबार रातिदेखि नेपालमा पर्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न भागमा भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ ।

महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै बिहीबारदेखि शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि मुसलधारे वर्षा हुन सक्ने जनाएको छ ।

त्यस्तै, शुक्रबार र शनिबार कोशी, बागमती, मधेस र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिइएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातसँगै हिमआँधी र हिमपहिरोको जोखिमसमेत हुन सक्ने महाशाखाले जनाएको छ ।

सम्भावित खराब मौसमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई लामो दूरीको यात्रा सकेसम्म नगर्न तथा पदयात्राका योजना स्थगित गर्न सुझाव दिइएको छ । वर्षाका कारण जनजीवन, यातायात तथा कृषि क्षेत्रमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक देखिएको छ ।

यसैबीच, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानलाई धानबाली जोगाउन आग्रह गरेको छ । पाकेको धान काटिसकेको भए तत्कालै सुरक्षित स्थानमा भित्र्याउन तथा खेतमै रहेको धान मौसम अनुकूल भएपछि मात्र काट्न र भण्डारण गर्न केन्द्रले सुझाव दिएको छ ।

बंगालको खाडीमा रहेको गहिरो न्यूनचापीय प्रणाली चक्रवातमा परिणत भएपछि त्यसलाई ‘अर्णव’ नाम दिइएको समाचारमा उल्लेख छ । भारतीय मौसम विभागको पूर्वानुमानअनुसार चक्रवात भारतको विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ ।

चक्रवातको सम्भावित प्रभावका कारण आगामी दिनमा मौसममा उल्लेख्य परिवर्तन हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाका सूचना तथा चेतावनी नियमित रूपमा हेर्न र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.