भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

थप २०१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २ हजार ३०० पुग्यो (भिडियो सहित)

थप २०१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २ हजार ३०० पुग्यो (भिडियो सहित)

२१ जेठ २०७७ बुधबार, काठमाडौं । आज थप २०१ जनामा कोरोनाको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

१७९ जना पुरुष र २२ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । थपिएका २०१ सहित नेपालमा संक्रमितको संख्या २ हजार ३ सय पुगेको हो । हालसम्म देशका ६४ जिल्लामा संक्रमण देखिएको छ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/864102207334091/

नेपालमा अहिले सम्म २७८ जना उपचारपछि घर फर्किएका छन् । आज १२ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २७८ पुगेको हो । संक्रमण देखिएकामध्ये हालसम्म ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म २ लाख ६ सय ४६ जनाको कोरोना परीक्षण भएको छ ।

८० हजार २ सय ६७ जनाको पिसिआर र १ लाख २० हजार ३ सय ७९ जनाको आरडिटिबाट परीक्षण भएको छ । मुलुकभर १ लाख ५५ हजार ८ सय ६८ जना क्वारेन्टाइनमा राखिएको छ । संक्रमण फैलिएको जिल्लाको संख्या ६४ पुगेको छ।

 


Thali Mobile Pvt.Ltd.