२३ जेठ २०७७ शुक्रबार, काठमाडौं । नेपालमा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । २६७ जना पुरुष र ११ जना महिलामा संक्रमण देखिएको हो ।
आज थपिएका २७८ सहित नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए । नेपालमा हालसम्म ३३३ जना उपचारपछि निको भएका छन् । पछिल्ललो २४ घण्टामा ४३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन् । ६८ जिल्लामा संक्रमण देखिएको छ ।
जिल्ला अनुसार
कोशी अस्पतालमा गरिएको परीक्षणमा सुनसरीका ८, झापाका ११, मोरङका ६ जनामा कोरोना भाइरसको संक्रमित भेटिएकाे छ ।
रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका १, नवलपरासीका २, पाल्पाका १ जना, रुपन्देहीका १८ जनामा कोरोना संक्रमण भेटिएको छ ।
हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा सिन्धुली र बाराका दुईदुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकीको प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा तनहुँका दुई जनाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
धरानको प्रयोगशालामा गरिएको परीक्षणमा भोजपुरका ५, झापाका १ र सुनसरीका १३ जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कैलालीका ४, अघामका १, बझाङका १, डडेल्धुराका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
काभ्रेस्थित धुलिखेल अस्पतालको प्रयोगशालामा रामेछापका १७ र काभ्रेका ५ जनाको रिपोर्ट पोजेटिभ पाइएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ९० र जुम्लामा रहेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जुम्लाका ७ मध्ये ४ जना भने अन्य जिल्लाका हुन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सुर्खेत र दाङका एकएक जनामा कोरोना संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूमध्ये बाराका १ जना छन् । काठमाडौंमा रहेका गुल्मी र कास्कीका एकएक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । सोही प्रयोगशालामा कपिलवस्तुका ४४, धनुषाका ४, महोत्तरीका १७ र रौतहटका ६ जनामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
शुक्रबार देशभरमा २ सय ६७ जना पुरुष र ११ जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हाे । हालसम्म २ हजार ७ सय १७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय ७५ महिला यो भाइरसबाट संक्रमित भएका छन् ।
हालसम्म कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ । नेपालमा कोरोना संक्रमण भएका ३३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणका कारण ११ जनाको भने मृत्यु भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...