भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

थप २९०९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख ८८ हजार नाघ्यो

थप २९०९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख ८८ हजार नाघ्यो

काठमाडौं । थप २९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । १० हजार १ सय ५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

उपत्यकामा  थप १३३८ संक्रमित भेटिएका छन् । काठमाडौंमा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना रहेका छन् । यस्तै कास्कीमा १२९, मोरङमा १२७ जना, चितवनमा १२६, दाङमा ११४, सुनसरीमा ९५, नवलपरासी पूर्वमा ९१, झापामा ७९, कैलालीमा ७६, काभ्रे र रुपन्देहीमा ७०/७०, मकवानपुरमा ६३, सुर्खेतमा ५५, तनहुँमा ३७ र सिराहामा ३१ जना संक्रमित भेटिएका छन् ।

यता धनुषामा २९, बाँकेमा २८, गुल्मी र बर्दियामा २०/२०, धादिङ र सिन्धुपाल्चोकमा १९/१९, पाल्पामा १८, स्याङ्जामा १६, पर्सा, गोरखा, बागलुङमा १४/१४, रौतहट र नुवाकोटमा १३/१३, दोलखा र नवलपरासीमा १२/१२, सप्तरीमा ११, महोत्तरी र कपिलवस्तुमा १०/१० जना संक्रमित थपिएका छन् ।

उता दैलेखमा ९, अर्घाखाँचीमा ८, पर्सा र डडेल्धुरामा ७/७, तेह्रथुममा ६, इलाम, उदयपुर, सर्लाही, लमजुङ र प्युठानमा ५/५, ओखलढुंगा, धनकुटा, भोजपुर, बारा, रोल्पा, कञ्चनपुर र डोटीमा ४/४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । रुकुम पश्चिम, सल्यान र बझाङमा ३/३ जना, खोटाङ, ताप्लेजुङ, रामेछाप, म्याग्दी र अछाममा २/२ जना, सिन्धुली, रुकुम पूर्व, कालीकोट, डोल्पा, दार्चुला, बाजुरा र बैतडीमा १/१ जनामा संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.