भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण, नेपालमा संक्रमितको संख्या २६३४ (भिडियाे)

थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण, नेपालमा संक्रमितको संख्या २६३४ (भिडियाे)

२२ जेठ २०७७ बिहीबार, काठमाडौं । नेपालमा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/949859925436186/

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ३१९ जना पुरुष र १५ जना महिलामा संक्रमण देखिएको हो । आज थपिएका ३३४ सहित नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

नेपालमा हालसम्म २९० जना उपचारपछि निको भएका छन् । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६५ जिल्लामा संक्रमण देखिएको छ भने नेपालमा हाल सम्म १० जनाकाे मृत्यु भएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.