भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दिउँसो ठूलो पानी पर्ने अनुमान, सजग रहन आग्रह

दिउँसो ठूलो पानी पर्ने अनुमान, सजग रहन आग्रह

काठमाण्डौ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । पश्चिमका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको हो ।
पश्चिममा न्यूनचापीय प्रणाली सक्रिय भएकाले पश्चिमका केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले जनाएका छन् ।

बुधबार दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । बाग्मती र कोशी प्रदेशका एक दुई ठाउँमा दिउँसो ठूलो वर्षाको अनुमान रहेको जाएको छ ।
तराईका जिल्लामा पनि पानी परेको छ ।

मौसम बदली र वर्षाका कारण तराईमा गर्मी कम भएको छ । भोलि पनि देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने अनुमान छ । अन्य प्रदेशका केही ठाउँमा पनि हल्का पानी परिरहेको छ । अहिले पश्चिमी क्षेत्रमा सक्रिय रहेको न्यूनचापीय प्रणाली बिस्तारै पूर्वतर्फ सरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.