काठमाण्डौ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । पश्चिमका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको हो ।
पश्चिममा न्यूनचापीय प्रणाली सक्रिय भएकाले पश्चिमका केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले जनाएका छन् ।
बुधबार दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । बाग्मती र कोशी प्रदेशका एक दुई ठाउँमा दिउँसो ठूलो वर्षाको अनुमान रहेको जाएको छ ।
तराईका जिल्लामा पनि पानी परेको छ ।
मौसम बदली र वर्षाका कारण तराईमा गर्मी कम भएको छ । भोलि पनि देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने अनुमान छ । अन्य प्रदेशका केही ठाउँमा पनि हल्का पानी परिरहेको छ । अहिले पश्चिमी क्षेत्रमा सक्रिय रहेको न्यूनचापीय प्रणाली बिस्तारै पूर्वतर्फ सरिरहेको छ ।
