भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

युक्रेनबाट प्रवेश गरेको सशस्त्र बिद्रोहीहरुलाई बेलगोरोडमा परास्त गरेको रुसको दाबी

युक्रेनबाट प्रवेश गरेको सशस्त्र बिद्रोहीहरुलाई बेलगोरोडमा परास्त गरेको रुसको दाबी

एजेन्सी । आफ्नो सिमाभित्र छिरेका सशस्त्र समूहलाई परास्त गरेको रुसको घोषणा गरेको छ । युक्रेनबाट आफ्नो देशमा छिरेको सशस्त्र समुहलाई परास्त गरेको रुसले घोषणा गरेको हो। रुसले बेलगोरोद क्षेत्रका गाउँहरू खाली गराएर सशस्त्र समूहविरुद्ध प्रतिआतंकवादी कारबाही गरेको थियो । त्यस क्रममा कम्तिमा ७० जना सशस्त्र बिद्रोही मारिएको रुसले जनाएको छ ।

युक्रेनबाट प्रवेश गरेको भनिएका सशस्त्र बिद्रोहीहरुलाई बेलगोरोडमा परास्त गरेको भन्दै रुसले दाबी गरेको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले आक्रमणमा अमेरिकी हतियार प्रयोग गरिएको भन्ने विषयमा जाँचबुझ भईरहेको बताएका छन् ।

युक्रेनले ती सशस्त्र बिद्रोहीहरु युक्रेनबाट प्रवेश नगरेको दाबी गरेको छ भने, अमेरिकाले पनि रुसी सीमाभित्र प्रवेश गरेका सशस्त्र समूहसँग अमेरिकाको सम्बन्ध नरहेको बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.