दुई आदिवासी समुदायबीच पाकिस्तानमा झडप हुँदा १६ जनाको मृत्यु

दुई आदिवासी समुदायबीच पाकिस्तानमा झडप हुँदा १६ जनाको मृत्यु

काठमाण्डौ । पाकिस्तानमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ ।पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई समुदायबीच भडप हुँदा १६ जनाको ज्यान गएको हो । खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप भएको थियो ।

बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद चल्दै आएको छ । दुवै पक्षले आफ्नो अडान नछाडेपछि घटना भएको पाकिस्तान प्रहरीले जनाएको छ ।

कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरीले उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.