एजेन्सी । रुसी रक्षामन्त्री सर्गेई सोइगुले उत्तरकोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन् । उत्तरकोरियाको भ्रमणमा रहनु भएका रुसी रक्षामन्त्री सर्गेई सोइगुले उत्तरकोरियाको राजधानी प्योङयाङमा भेटवार्त गरेका हुन ।
रक्षा, क्षेत्रीय सुरक्षालगायतका आपसी हितका विषयमा कुराकानी भएको जनाइएको छ । युक्रेन युद्धका कारण पश्चिमा देशहरुसँगको सम्बन्ध बिग्रिएको रुस र पश्चिमाहरुसँग परम्परागत रुमा दुश्मनी राख्दै आएको उत्तर कोरियाबीचको वार्तालाई अर्थपुर्ण भनिएको छ ।
वार्तापछि उत्तर कोरियाली नेता किमले रुसी रक्षामन्त्रीलाई क्षेप्यास्त्रहरुको भण्डारण देखाएको समाचारमा उल्लेख छ । भेटवार्तामा दुई देशबीचको रक्षा सम्बन्धलाई थप मजबुद बनाउने विषयमा केन्द्रीत रहेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।
