भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

दुर्गमका नागरिकलाई निःशुल्क उपचार सेवा

दुर्गमका नागरिकलाई निःशुल्क उपचार सेवा

पाल्पा । पाल्पाकै विकट र दुर्गम मानिने निस्दी गाउँपालिकामा सञ्चालन भएको आँखा शिविरले स्थानीयवासीलाई राहत पुगेको छ । यहाँको निस्दी गाउँपालिका–२ मा सञ्चालित निःशुल्क उक्त शिविरमा गाउँमै सेवा पाउँदा स्थानीयवासी उत्साहित भएका हुन् । गाउँका १२६ जनाले सेवा लिएका शिविरमा उक्त शिविर निस्दी–२ को आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ, जिल्लास्थित कालीगण्डकी आँखा उपचार केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

गाउँबासीलाई सहजरुपमा सेवा दिन शिविर आयोजना गरिएको वडाध्यक्ष पूर्णबहादुर बाकाबलले जानकारी दिए । शिविरमा १०४ जनालाई निःशुल्क औषधि, १५ जनालाई चस्मा र सातजनालाई परामर्श सेवा दिइएको थियो । शिविरमा आँखा जाँच गराएकामध्ये दसजनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भएकाले पुस २८ गते सम्पर्क गर्न बोलाइएको केन्द्रका प्रमुख सुन्दर रानाले बताए ।

 


Thali Mobile Pvt.Ltd.