भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

दुवईबाट १८४ यात्रु बोकेर आएको विमान दुर्घटना, १७ जनाको मृत्यु

दुवईबाट १८४ यात्रु बोकेर आएको विमान दुर्घटना, १७ जनाको मृत्यु

२४ साउन २०७७ काठमाडौं । भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

चालक दलका ६ सदस्यसहित दुवईबाट १८४ यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेसको १३४४, बोइंग विमानमा १० बालबालिकासमेत रहेका थिए ।

उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ नेपाली समय अनुसार ७ ४५ बजे दुर्घटना हुँदा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दुर्घटनामा १७३ जना घाइते भएका छन् । त्यसमध्ये २० देखि २५ यात्रुको अवस्था चिन्ताजनक रहेको छ ।

भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । दुर्घटनापछि विमान दुई टुक्रा भएको छ। विमान दुई टुक्रा भएपनि आगलागी भने भएको थिएन । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.