भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन

देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । एन्टोनी ब्लिन्केनले गरेको फोन प्रधानमन्त्री देउवाले सिसिभ गरेको विदेश मन्त्रीको सचिवालयले ट्वीट गर्दै जनाएको छ ।

फोन वार्तामा रुस युक्रेनको युद्धमा नेपालले युक्रेनलाई गरेको समर्थन र एमसीसीका बिषयमा छलफल भएको विदेशमन्त्रीको सचिवालयले जनाएको छ । केही दिनअघि नेपालले युक्रेनलाई समर्थन गरेको थियो ।

बिशेषगरी अमेरिकाले एमसीसीबारेमा आर्थिक विकास र क्षेत्रीय चुनौतिहरू सँगै मिलेर काम गर्न जारी राख्नेछौं जनाएको छ । राति भएको कुराकानीका कारण नेपालले भने विदेशमन्त्री सँगको कुराकानी सार्वजनिक गरेको छैन ।

बिदेशमन्त्री ट्वीट यस्तो छ

आज नेपालका प्रधानमन्त्रीसँग राम्रो भेट भयो । रूसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल भयो। हामी आर्थिक विकास र क्षेत्रीय चुनौतिहरूमा सँगै मिलेर काम गर्न जारी राख्नेछौं।

 


Thali Mobile Pvt.Ltd.