भर्खरै : Sorry, your browser does not support inline SVG.
काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना | पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने |

देशभर १ लाख ११ हजार ८०२ संक्रमित, अबदेखि उपत्यकाका अस्पतालमा अन्य अप्रेशन नगर्न निर्देशन

देशभर १ लाख ११ हजार ८०२ संक्रमित, अबदेखि उपत्यकाका अस्पतालमा अन्य अप्रेशन नगर्न निर्देशन

काठमाडौं । नेपालमा थप ४०४७ संक्रमण पुष्टि भएसंगैकोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । स्थिति भयावह हुनसक्ने संकेत गर्दै उपत्यकाका अस्पतालमा कोरोनाका विरामी बाहेक अन्य अप्रेशन नगर्न निर्देशन मन्त्रालयले दिएको छ । तर अत्यावश्य अप्रेशनमा भने रोक लगाईएको छैन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ । पछिल्लो २४ घण्टामा थप १४७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७७ हजार २२७ पुगेको छ । २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।

सरकारी सबै अस्पताल कोरोना अस्पताल
सरकारले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो । बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.