भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देशभर १ लाख ११ हजार ८०२ संक्रमित, अबदेखि उपत्यकाका अस्पतालमा अन्य अप्रेशन नगर्न निर्देशन

देशभर १ लाख ११ हजार ८०२ संक्रमित, अबदेखि उपत्यकाका अस्पतालमा अन्य अप्रेशन नगर्न निर्देशन

काठमाडौं । नेपालमा थप ४०४७ संक्रमण पुष्टि भएसंगैकोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । स्थिति भयावह हुनसक्ने संकेत गर्दै उपत्यकाका अस्पतालमा कोरोनाका विरामी बाहेक अन्य अप्रेशन नगर्न निर्देशन मन्त्रालयले दिएको छ । तर अत्यावश्य अप्रेशनमा भने रोक लगाईएको छैन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ । पछिल्लो २४ घण्टामा थप १४७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७७ हजार २२७ पुगेको छ । २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।

सरकारी सबै अस्पताल कोरोना अस्पताल
सरकारले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो । बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.