भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

दैलेखको चामुन्डाबिन्द्रासैनी नपाका प्रमुख गणेश शाही नेतृतवको टोली भक्तपुर नगरपालिका भ्रमणमा

दैलेखको चामुन्डाबिन्द्रासैनी नपाका प्रमुख गणेश शाही नेतृतवको टोली भक्तपुर नगरपालिका भ्रमणमा

भक्तपुर । दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाही नेतृत्वको टोलीले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटवार्ता गरेको छ । मंगलबार भक्तपुर नगरपालिकाको सभाकक्षमा भएको भेटवार्तामा भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा भइरहेको उपलब्धी र दुई नपाबीच आवश्यक सहकार्य गर्नेबारे अनुभव आदानप्रदान भएको हो ।

टोलीलाई भादगाउँले टोपी र खादाले स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुर नपाको भौगोलिक अवस्था, शैक्षिक विशेषता, स्वास्थ्य क्षेत्रको उपलब्धी र विकास निर्माणमा उपभोक्ता मोडलबारे आफ्नो जानकारी गराएका थिए । भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्य गर्दै आएको बताउँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले आत्मनिर्भरतालाई स्वाभिमानीपूर्वक अगाडि बढ्ने शुत्रको रुपमा लिई काम गर्दै आएको बताए ।दैलेखको चामुन्डाबिन्द्रासैनी नपाका प्रमुख गणेश शाही नेतृतवको टोली भक्तपुर नगरपालिका भ्रमणमा

देशका विभिन्न स्थानीय तहहरुबीच अनुभव आदानप्रदानको क्रम चालु रहेको बताउँदै स्वास्थ्यमा घरदैलो नर्सिङ, वडा–वडामा स्वास्थ्य केन्द्र, १०० शैयाको ख्वप अस्पतालको सञ्चालनका साथै निःशुल्क अक्सिजन र निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था नपाले गर्दै आएको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

भेटमा चामुन्डाबिन्द्रासैनीका नगर प्रमुख गणेशकुमार शाहीले जनप्रतिनिधिहरूबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुने हुँदा भक्तपुर नपाले विशेषतः शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको उपलब्धीबाट आफूहरुले पनि सिक्न चाहेको बताए ।

उनले कलेज सञ्चालन गर्न र विद्यालयहरुको व्यवस्थापन गर्न भक्तपुर नपाले बनाएको शिक्षा ऐनबारे जिज्ञासा राखेका थिए । नगर प्रमुख शाहीले चामुन्डा बिन्द्रासैनी ९ वटा वडामा विभाजित रहेको र स्थानीय तहको पुर्नसंरचना गरिँदा यो नगरपालिका साबिकका चामुन्डा, जम्बुकाँध र लयाँटीबिन्द्रासैनी गाउँ विकास समितिलाई समावेश गरी नगरपालिका घोषणा भएको बताए ।

नगपालिकाकाले एक पालिका एक प्राविधिक विद्यालयको नीतिअनुसार डिप्लोमा तहमा कृषि विषयको अध्ययन अध्यापन गराउँदै आएको र छिटै कृषिमा स्नातक कक्षा सञ्चालन गर्ने तयारीका साथ अगाडि बढिरहेको नगर प्रमुख शाहीले जानकारी दिए । भेटमा चामुन्डा बिन्द्रासैनीका वडाध्यक्ष, चामुन्दा माविका प्रतिनिधिहरुको उपस्थिति थियो ।

भेटपश्चात टोलीलाई नगर प्रमुख सुनिल प्रजापतिले मयुरको झ्याल र नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेका थिए । नगर प्रमुख शाहीको टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज र ख्वप अस्पताल, बागीश्वरी मावि लगायतको स्थलगत अवलोकन समेत गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.