भर्खरै : Sorry, your browser does not support inline SVG.
देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित | पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन |

दैलेख र सप्तरीमा दुर्घटना हुँदा २ जनाको मृत्यु

दैलेख र सप्तरीमा दुर्घटना हुँदा २ जनाको मृत्यु

दैलेख । यात्रुबाहक बस दैलेखमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको ना ६ ख ९२२ नम्बरको यात्रुवाहक बस दैलेखको दुल्लु नगरपालिका १ मा पर्ने दरबारे भीर नजिक दुर्घटना हुँदा अछाम पञ्चदेवल नगरपालिका–९ का ७४ वर्षीय भक्तबहादुर शाहीको ज्यान गएको हो ।

ब्रेक फेल भएर बस सडकको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दुर्घटनामा घाइते भएका ९ जनालाई स्थानीय मेडिकलमा उपचार गराएको प्रहरीले जनाएको छ । त्यसै गरी सप्तरीको खडक नगरपालिका–६ इन्द्रचौतारी चोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ ।

पूर्व– पश्चिम राजमार्ग अन्तर्गत इन्द्रचौतारी चोकमा प्रदेश २–०१–००१ प ०३३४ नम्बरको मोटरसाइकललाई बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिएको हो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि रहेकी खडक नगरपालिका–९ सर्पाकी ३० वर्षीया गुल्लु खातुको ज्यान गएको हो । दुर्घटनामा घाइते भएकी खातुनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.