दैलेख । दैलेख समाज दक्षिण कोरियाद्धारा ठाटीकाध गाउँपालिका वडा नं. ४ गैरेगाउँका बाढीपीडितलाई राहत स्वरुप एक लाख सहयोग गरिएको छ । बाढी पहिरोमा परि ज्यान गुमाएका जनक कठायत र लोकेश कठायतको परिवारलाई ५० हजारका दरले एक लाख सहयोग गरेको हो ।
घटना भएको गाउँमै स्थानीय जनप्रतिनिधिकोको उपस्थितिमा पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । दैलेख समाज दक्षिण कोरियाले केही समय अघि कोरोना रोकथामका लागि स्वास्थ सामाग्री समेत वितरण गरेको थियो ।
आपत, विपदमा परेका समुदायलगायतलाई समस्या पर्दा जन्म भूमीप्रतिको माया गरी समाजले निरन्तर सेवा गर्नु दैलेख समाज दक्षिण कोरियाको उदेश्य

रहेको सचिब प्रबिण कुमार शाहीले बताए। रकम हस्तान्तरण कार्यक्रमको कर्मचारी दान ब. कठायतले सहजीकरण गरेका थिए।
