भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दोस्रो चरणको महिला लिगको खेल तालिका सार्वजनिक

दोस्रो चरणको महिला लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सार्वजनिक गरेको छ। शनिबार पहिलो खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच शनिबार हुनेछ। ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा खेल सञ्चालन हुने एन्फाले जनाएको छ।

एपीएफले ६ खेलमा अङ्क जोडेको छ। दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलमा १३ अङ्क रहेको छ। लिगको पहिलो चरणको खेल सम्पन्न हुँदासम्म सशस्त्र प्रहरी बलको एपीएफ क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । लिगको पहिलो चरणका खेल बुधबार सम्पन्न भएका थिए।

यस्तै विराटनगर महानगरपालिका १० अङ्कका साथ तेस्रो, आठ अङ्क रहेको नेपाल पुलिस क्लब चौथो, वालिङ नगरपालिका–८ अङ्कका साथ पाँचौँ, चन्द्रपुर नगरपालिकाको टोली तीन अङ्कसहित छैटौँ तथा चौदण्डीगढी नगरपालिकाको टोली अङ्क विहीन रहँदै लिगको पुछारमा छ।

 

 


Thali Mobile Pvt.Ltd.