काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सार्वजनिक गरेको छ। शनिबार पहिलो खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच शनिबार हुनेछ। ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा खेल सञ्चालन हुने एन्फाले जनाएको छ।
एपीएफले ६ खेलमा अङ्क जोडेको छ। दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलमा १३ अङ्क रहेको छ। लिगको पहिलो चरणको खेल सम्पन्न हुँदासम्म सशस्त्र प्रहरी बलको एपीएफ क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । लिगको पहिलो चरणका खेल बुधबार सम्पन्न भएका थिए।
यस्तै विराटनगर महानगरपालिका १० अङ्कका साथ तेस्रो, आठ अङ्क रहेको नेपाल पुलिस क्लब चौथो, वालिङ नगरपालिका–८ अङ्कका साथ पाँचौँ, चन्द्रपुर नगरपालिकाको टोली तीन अङ्कसहित छैटौँ तथा चौदण्डीगढी नगरपालिकाको टोली अङ्क विहीन रहँदै लिगको पुछारमा छ।
