भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु

धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु

गोदावरी । धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ । सडक निर्माण प्रक्रिया सुरु गरिएको झण्डै डेढ दशकपछि सो द्रुत मार्गको धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको हो । कालोपत्रका लागि खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का सम्झौता लिएको जनाइएको छ । धनगढीको पीपलचौतारादेखि स्याउलेभन्दा माथिसम्मको १३.४ किलोमिटर सडक कालोपत्र गर्नका लागि काम सुरु भएको धनगढी–दिपायल द्रुत मार्ग सडक आयोजना कार्यालयले जनाएको छ ।

धनगढी–दिपायल द्रुत मार्ग आयोजना कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार चालु आर्थिक वर्षमा धनगढीदेखि १३.४ किलोमिटर र दिपायलदेखि ९.५ किलोमिटर सडक कालोपत्र गर्ने सम्झौता भएको छ । स्याउलेदेखि दक्षिणतिर एक किलोमिटरसम्म दुवैतर्फ नालीसमेत निर्माण भइरहेको उहाँको भनाइ छ । ठेक्का सम्झौताअनुसार ३० महिनामा सो सडक खण्ड कालोपत्र गरिसक्ने भन्नेछ । सडकको नाली बनाउने काम सुरु गरिएको बताउँदै ठेकेदार कम्पनीका इन्जिनियर सचिन थापाले भन्नुभयो, “अब सडक निर्माणले तीव्र गति पाउनेछ । २०६४ सालमा खुटिया–दिपायल द्रुत मार्गको औपचारिक रुपमा सर्भे गरी ट्र्याक खोल्ने काम भएको थियो ।

त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भेको बताउँदै आयोजनाका सबइन्जिनियर रानाले स्याउले–धनगढीसम्मको १० किलोमिटर सडक थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुत मार्ग बनाउने निर्णय भएको बताए। सडकको कूल चौडाइमध्ये नौ किलोमिटरमा ग्राभेल हुनेछ भने त्यसमध्ये पनि ५.५ मिटरमा कालोपत्र गरिने जनाइएको छ । १३.४ किलोमिटर सडकमा तीनवटा कल्भर्ट निर्माण गरिनाका साथै १६ वटा ह्युमपाइप राखिने ठेकेदार कम्पनीका इन्जिनियर थापाले जानकारी दिए ।

आयोजना कार्यालयका अनुसार डोटी खण्डमा ट्र्याक खोल्ने काम सकिएको छ भने कैलाली खण्डमा पर्ने बबैनामा तीन किलोमिटरमा ट्र्याक खोल्न बाँकी रहेको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको पहिलो मन्त्रिपरिषद्को बैठकले धनगढी–दिपायल द्रुतमार्ग, सेती लोकमार्ग र महाकाली करिडोरलाई सामरिक महत्वका सडक भन्दै तीनैलाई निर्माणको प्राथमिकतामा राखेको थियो ।

 


Thali Mobile Pvt.Ltd.