भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

नक्कली भुटानी शरणार्थी प्रकरण : ४० करोडको ठगी, थप पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी प्रकरण : ४० करोडको ठगी, थप पक्राउ पुर्जी जारी

काठमाडौँ । नक्कली शरणार्थी बनाएर ठगेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गरेको घटनामा संलग्न आरोपमा थप तीन जनालाई अदालतले पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी हुनेमा केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा रहेको छ ।

२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । २०७९ चैत १५ मा पक्राउ परेका सागर मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित वडा नम्बर–१० को पूर्व अध्यक्ष हुन् । सन्देश शर्मा चैत २९ मा पक्राउ परेका थिए । वैशाख २० मा सचिव टेकनारायण पाण्डे र वैशाख १९ मा पूर्व गृहमन्त्री ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेका परेका थिए ।

आरोपीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

को हुन हरिभक्त र लक्ष्मी ?

हरिभक्त महर्जन न्यूरोडको ताम्राकार कम्प्लेक्स स्थित दिया सहकारीको सञ्चालक समिति सदस्य रहेको खुल्लन आएको छ । ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्माको आग्रहमा पीडित मध्येका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद जम्मा गरेको अनुसन्धानबाट खुल्लन आएको छ ।

को हुन केशव तुलाधर ?
केशव तुलाधर पनि सहकारी सञ्चालक हुन् । पीडितहरूले प्रहरीलाई सन्देश शर्माले भनेअनुसार उनीहरुको खातमा नगद डिपोजिट गरेको बयान दिएका छन् । तुलाधरको बैंक खातामा ठगीको रकम आएको अनुसन्धानबाट खुलेको छ । पक्राउ पुर्जी जारी भएका तिनै जना आरोपी फरार छन् ।

 


Thali Mobile Pvt.Ltd.