काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट सात जना पक्राउ परेका छन् । स्टिकर पसलमा जुवातास खेलिरहेको अवस्थामा
प्रहरीले काठमाडौं महानगरपालिका–९ देवकोटा मार्गबाट ७ जनालाई पक्राउ गरेको हो ।
यसबार प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद २४ हजार ७ सय रूपैयाँ र १५ बुक ताससहित पक्राउ गरेको छ ।
