भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन सरकारलाई लमिछानेकाे आग्रह

नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन सरकारलाई लमिछानेकाे आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा लामिछाने र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको भन्दै रास्वपाका सभापति लामिछानेले राष्ट्रको वेजत हुने प्रकरणमा खुट्टा नकमाइकन काम गर्न आग्रह गरे ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन । भेटका क्रममा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.