भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

गुल्मीको रेसुङ्गा विमानस्थल १७ वर्षमा निर्माण सम्पन्न, शुक्रबारबाट व्यावसायिक उडान सुरु

गुल्मीको रेसुङ्गा विमानस्थल १७ वर्षमा निर्माण सम्पन्न, शुक्रबारबाट व्यावसायिक उडान सुरु

गुल्मी । शुक्रवारदेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको छ । शुक्रबार बिहानदेखि नेपाल वायुसेवा निगमको डीएचसी–६ ट्वीनअटर जहाजले व्यावसायिक उडान सुरु गरेको हो । नियमित उडान भरेर पहिलो पटक रेसुङ्गा विमानस्थल आइपुगेका यात्रुहरुलाई रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले स्वागत गरेका थिए ।

बिहान साढे ६ बजे काठमाण्डौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको निगमको डीएचसी–६ ट्वीनअटर जहाज बिहान साढे सात बजे रेसुङ्गा विमानस्थलमा सफल अवतरण गरेको हो । रेसुङ्गा विमानस्थलमा यसअघि तीन पटकसम्म परीक्षण उडान गरिएको थियो । विमानस्थल निर्माणको काम १७ वर्षमा सम्पन्न भएको हो ।

कुल ३५ करोड रुपैयाँ लागतमा सम्पन्न भएको विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । उडान सुरु भएपछि गुल्मीका नागरिक खुसी भएका छन् ।
शुक्रबारबाट सुरु भएको नियमित उडानपछि जहाज चढ्ने वर्षौँदेखिको गुल्मेलीको सपना पूरा भएको छ । यात्रुहरुको सङ्ख्याको आधारमा उडानलाई हप्तामा दुई पटकसम्म सञ्चालन गरिने जनाएको छ । अहिले प्रति यात्रु छ हजार पाँच सय रुपैयाँ भाडा दर तय गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.