भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

नयाँ मन्त्रीहरूको शपथपछि सर्वदलीय बैठक आह्वान

नयाँ मन्त्रीहरूको शपथपछि सर्वदलीय बैठक आह्वान

काठमाडौं । मन्त्रिपरिषद् मंगलबा(आज) विस्तार हुने भएको छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे मन्त्रिपरिषद् विस्तार हुने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन । जसपा, उन्मुक्ति, लोसपा लगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपनि उनीहरुको माग सम्बोधन गर्नेबारे दलहरुबीच सहमति जुट्न नसकेको जनाईको छ ।

नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको जनाइएको छ । शपथ पछि चार बजे सर्वदलीय बैठक प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिएका दलहरूसँग बस्ने जनाइएको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिक समिकरण केही फेरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड पद तथा शक्ति बाँडफाँटमा कुनै न कुनै हिसाबले नेपाली कांग्रेसलाई पनि सहभागि गराउने प्रयासमा रहेको बुझिएको छ भने नेकपा एमाले,कांग्रेसको समर्थनप्रति झस्किएको उल्लेख गरिएको छ । कांग्रेसले राष्ट्रपति र सभामुखमध्ये एक पद आफुले पाउनुपर्ने संकेत गरेको छ । एमाले भने माओवादीसँगको पूर्व सहमति अनुसार यी दुवै पद आफुले पाउनुपर्ने अडानमा छ ।

 


Thali Mobile Pvt.Ltd.