भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नश्ल सुधारका लागि विदेशबाट कति पशुचौपाया ल्याइयो ?

नश्ल सुधारका लागि विदेशबाट कति पशुचौपाया ल्याइयो ?

काठमाडौं। भारतबाट मुर्रा राँगा पछि गाई, बाख्रा, बंगुर लगायत राम्रो जातका पशुचौपाया नश्ल सुधारका लागि ल्याइएका छन् । करिब एक सय १६ वटा पशुचौपाया नश्ल सुधारका लागि आयात गरिएको पशु सेवा विभागको तथ्याङ्कमा छ ।

कोरियाबाट गत एक सय २ वटा उन्नत जातका गाई र आठ वटा साँढे, अमेरिकाबाट ६ वटा उन्नत जातका राँगा, बोयर जातका बाख्रा चार सयको हाराहारीमा ल्याइएको सूचना अधिकारी डा. चन्द्र ढकालले बताए ।

अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया लगायत विभिन्न मुलुकबाट नश्ल सुधारका लागि पशु चौपायाहरु ल्याइएको उनको भनाइ छ । भारत सरकारले सहयोगस्वरुप दिने १५ मुर्रा जातको राँगा भित्र्याउने प्रक्रिया अझै पुरा भएको छैन ।

ती राँगाको परीक्षणसकेको ढकालले बताए । विसं. १९१७ मा जंगबहादुर राणाले बेलायतबाट जर्सी गाईहरु ल्याएर नेपालमा नश्ल सुधारको थालनी भएको मानिन्छ । त्यसपछि विदेशबाट गाई, बाख्रा, कुखुरा, बंगुर लगायतका पशुको नश्ल सुधार गरिँदै आएको छ ।

दुधको उत्पादन र उत्पादकत्व बढाउनका लागि नश्ल सुधार गरिदै आएको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयका पशुविकास अधिकृत डा. धर्मराज गिरीले बताए । नश्ल सुधार हुँदै जाँदा दुईदेखि तीन गुणसम्म दुधको उत्पादन बढ्ने उनको भनाइ छ ।

नश्ल सुधारका लागि ल्याएका पशुको बीर्यबाट कृत्रिम गर्भाधान प्रक्रिया मार्फत उन्नत जातको पशुचौपायाको विकास गरिदै आएको गिरीले बताए । दुध दिने पशुचौपायाको संख्या बढेसँगै दुध उत्पादनमा पनि केही सुधार भएको मन्त्रालयको तथ्याङ्क छ ।

 


Thali Mobile Pvt.Ltd.