भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

नहरमा डुबेर ५ जनाको मृत्यु

नहरमा डुबेर ५ जनाको मृत्यु

काठमाडौं । बाँकेमा तीन जना र चितवनमा दुई जना गरी नहरमा डुबेर पाँच जनाको मृत्यु भएको छ । बकर इदको अवसरमा रमाइलो गर्न भन्दै बाँकेको नेपालगञ्जबाट कोहलपुर गएका तीन युवाको कोहलपुर नगरपालिका १० चटारस्थित डुडुवा खोलामा रहेको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–११ श्रृष्टि हल नजिक बस्ने १६ वर्षीय अरिब जसगढ, सोही ठाउँका १७ वर्षीय अरमान जसगढ र सदरलाइन बस्ने १८ वर्षीय रासिद जसगढ छन् । सो स्थानबाट अन्य दुई जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

यता भरतपुर महानगरपालिका–२ क्षेत्रपुर चितवनका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको पनि नहरमा डुबेर मृत्यु भएको छ । बुधबार करिब चार बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए ।

नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अंकित पनि बगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरु नहरमा बेपत्ता भएको खबर पाएपछि प्रहरीले खोजी गर्दा २०० मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो ।

 


Thali Mobile Pvt.Ltd.