भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

नाइजेरियामा एक हजार ६ सय २९ हैजाको शङ्कास्पद बिरामी,४८ जनाको ज्यान गयो

नाइजेरियामा एक हजार ६ सय २९ हैजाको शङ्कास्पद बिरामी,४८ जनाको ज्यान गयो

नाइजेरिया । हैजाको महामारी फैलिएपछि नाइजेरियामा ४८ जनाको ज्यान गएको छ । नाइजेरियामा हैजाका एक हजार ६ सय २९ शङ्कास्पद बिरामी फेला परेको चार महिनामा ४८ जनाको ज्यान गएको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले जनाएको छ । स्वास्थ्यका निकायले हैजा प्रकोपको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई सुदृढ गर्न विभिन्न उपायहरू पनि अपनाएको अडेटिफालाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्वच्छ पानी र सरसफाइ पूर्वाधारमा लगानी गर्न, स्वच्छताका अभ्यासलाई बढाउन, खोप र उपचारमा पहुँच पुर्याउन र हैजाको प्रकोपको निगरानी र अनुगमनका लागि रोकथाम योजनामा समावेश गरिएको छ । राजधानी अबुजामा भएको राष्ट्रिय हैजा योजना समीक्षा सम्मेलनमा एनसीडीसीका महानिर्देशक इफेदायो अडेटिफाले १३ वटा राज्य निक्कै प्रभावित भएको जानकारी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.