भर्खरै : Sorry, your browser does not support inline SVG.
गहुँको समर्थन मूल्य निर्धारण प्रस्ताव उद्योग मन्त्रालयमा, मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्ने | कम्बोडियाबाट २१ नेपालीको उद्धार, अनलाइन स्क्यामिङ केन्द्रबाट स्वदेश फिर्ता | आन्दोलनमा जलेका रातो मछिन्द्रनाथ रथका पाङ्ग्रा पुनः निर्माण सम्पन्न | समानुपातिक सांसद टुंगो र विधान संशोधनका लागि रास्वपा सचिवालय बैठक | दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो | अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान | प्राविधिक र वैज्ञानिक विधिबाट अनुसन्धान, पोलिग्राफीसहितको विज्ञ टोली सुर्खेत पुग्यो | डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद:आयोगमा चैत १ गते सुनुवाइ हुने |

नागरिकताको सवालमा सरकार गम्भीर होस्ः सिद्धिकी

नागरिकताको सवालमा सरकार गम्भीर होस्ः सिद्धिकी

नागरिकताको सवालमा भित्र राष्ट्रको परिधि लुकेको हुन्छ । त्यसैले सरकार यस विषयमा गम्भिर होस् र हुनु पर्छ पनि । मानव अधिकारको सावल भित्र पहिचानको सवाल पनि पर्छ । यस्मा कसैको दुईमत हुनु हुदैन र मेरो पनि छैन । तर हामी सबै नेपालीले सोच्नुपर्ने बेला आएको छ । नागरिकता वार भएको सरकारले किन देख्दैन ? अब नेपाल र नेपाली माथि इकोनोमिक वार हुन पुगेको छ ।

नागरिकताले जुन लेवललाई सम्बोधन गर्नुपर्ने हो त्यो त आज न भए भोलि सम्बोधन गर्नु नै पर्छ । तर, जसलाई नागरिकता लिएर नेपाल र नेपाली जनता माथि आर्थिक वार गर्नुछ उनीहरु नागरिकता प्राप्तका लागि यो सव गरिरहेका छन् । यसका आर्थिक चलखेल मात्रै होइन देश नै हडप्ने तरिकाले लागिपरेका छन् । तर नेपाल सरकार किन यो कुरा बुझ्दैन ? तालिको भरमा राष्ट्र बेच्ने दलालहरुलाई अब जनताले चिन्नै पर्छ ।

यो बेला हामीले सोच विचार गर्नुपर्छ विभिन्न बहानमा दलालहरु जनतालाई झुक्याउन आउँदै छन् । विभिन्न जनघाती र राष्ट्रिय दलालहरुलाई यहि मौकामा पाखा लगाउनु पर्नेछ । जनजन सचेत हुन आवश्यक छ । पैसाको चलखेलमा नागरिकता बेचेर विदेशीहरुलाई नेपाली नागरिक बनाउने हो भने सिक्कीम हुन बेर छैन । नेपालीहरु नै नेपालबाट लखेटिने बेला ल्याउन दलालहरु सरकारमा बसेर रजाइ गर्दै देश बेच्दै छन् ।

होसियार नेपालीको अधिकार माथि दलालहरुलाई खेलवाड गर्ने अधिकार छैन । नागरिकताको नाउँमा देश वेचुवाहरु चुनावमा उठ्दै छन् । त्यसैले नेपाली जनताले यही बेला दलालहरुलाई चिनेर पाखा लगाउनै पर्छ । नत्र भोलि हरेक नेपाली नै अल्पमतमा पर्न सक्छन् । यो एउटा गम्भिर विषय हो । राष्ट्रपतिले चालेको कदम सही छ । हामीले यो कुरा किन न बुझेको ? दलालहरु गठबन्धनको नाममा आइरहेका छन् ।

यो सरकार किन यति हदै सम्मको राष्ट्रघाती काममा लालायित भएको छ ? मत अचम्ममा परेकी छु । मेरो निकै ठुलो चिन्ता छ । कहिले नागरिकताको सवालमा देश त बेच्दै छैनन् ? यस्तो गम्भीर विषयलाई हल्कारुपमा किन लिएका होलान् ? यस विषयमा गठबन्धन सरकारलाई पनि छुट छैन । नीजी स्वार्थमा राष्ट्रियतामाथि धक्का लाग्ने काम कसैले गर्न पाउँदैन ।

गठबन्धनको नाममा देश र जनतालाई गुमराहमा राख्ने छुट छैन । त्यसैले मेरो अनुरोध छ, सरकारले जे गरेपनि देशलाई राष्ट्रपतिले सेफ ल्यान्डिग गराउने छन् र आफ्नो कर्तव्य र जिम्मेवारी भुल्ने छैनन् । राष्ट्रपतिले आफ्नो जिम्मेवारीका साथ नागरिकताको विषयलाई लिएर राष्ट्र बेचिन दिनु हुदैन । रास्ट्रपतिले गम्भीर भएर आफ्नो डिसिजन लिनु पर्ने बेला आएको छ । त्यसैले जनताले यसपालिको चुनावमा आफ्नो मत राष्ट्रवादीहरुलाई नै दिनु पर्छ र राष्ट्र जोगाउनु पर्छ ।