भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नायक सुशान्तले गरे आत्महत्या

नायक सुशान्तले गरे आत्महत्या

३२ जेठ २०७७ मुम्बई । भारतीय नायक सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्। मुम्बईको बान् स्थित फ्ल्याटमा उनको शव भेटिएको हो । आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । ३४ वर्षीय सुशान्तका कामदारले यस घटनाको जानकारी पुलिसलाई दिएका थिए ।

ब्याकअप डान्सरका रुपमा बलिउडमा करिअर सुरु गरेका उनले टेलिभिजनमा पहिलो सिरियल बालाजी टेलिफिलिम्सको ‘किस देश में है मेरा दिल’ बाट चर्चामा आएका थिए । त्यसपछि उनले चलचित्रमा अभिनय थालेका थिए । उनी डान्स रियलिटी शो ‘जरा नच के दिखा २ र झलक दिखला जा ४ मा पनि देखिएका थिए ।

भारतमा पछिल्लो पटक बलिउडका चर्चित हस्तीहरुको मृत्यु भएको छ । अप्रिल महिनामा चर्चित अभिनेताहरु ऋषि कपुर, इरफान खानसँगै गायक एवं संगीतकार वाजिद खानको पनि मृत्यु भएको थियो । सुशान्त सिंह राजपूतको जन्म बिहारको पटनामा भएको हो । सुशान्तका ४ जना बहिनी छन् ।

 


Thali Mobile Pvt.Ltd.